+
+
Shares

महेश बस्नेतले भने : अराजक समूह बालेन साह–रवि लामिछाने बनेर प्रकट हुन्छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ७ गते २०:३३
युवा संघको भेला ।

७ असोज, काठमाडौं । नेकपा एमालेका युवा नेता महेश बस्नेतले सामाजिक सञ्जालको दुरुपयोग गरी युवाहरुमा भ्रम छर्ने काम भइरहेको आरोप लगाएका छन्

राष्ट्रिय युवा संघको प्रचार भेलामा नेता बस्नेतले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी विभिन्न समूहले युवाहरुमा भ्रम छरेको भन्दै युवा संघले निराशाको भ्रम छर्ने समूहलाई परास्त गर्नुपर्ने बताए ।

‘अराजक समूह अहिले भौतिक रुपमा वा साइवरमार्फत माओवादीे, वाईसीएल, कांग्रेस, नेविसंघ, भीम उपाध्याय भएर, खगेन्द्र संग्रौला, बालेन साहहरु भएर र रवि लामिछानेहरु भएर विभिन्न रङ्गीचङ्गी कुराहरु बोकेर प्रकट हुन्छन्,’ उनले भने ।

नेता बस्नेतले नेपालमा राजनीतिक अस्थिरता फैलाउन पार्टीका नेता कार्यकर्तालाई समाप्त पार्ने गरी महाशक्ति राष्ट्रका खेताला र गोठालाहरु उत्पादन गर्न विभिन्न समूह लागेको बताए ।

नेता बस्नेतले आगामी निर्वाचनलाई लक्षित गरी एमाले माथि जथाभावी आक्रमण भइरहेको बताए । नेता बस्नेतले आफूलाई नक्कली आइडीमार्फत ८ हजार १०० जनाले गाली गर्ने गरेको बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?