+
+

गजलकार प्रदीप रोदनको ‘मफलर’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ८ गते १७:३८

८ असोज, काठमाडौं । काठमाडौं । गजलकार प्रदीप रोदनको पहिलो गजल कृति ‘मफलर’ शनिबार सार्वजनिक भएको छ ।

काठमाडौंको प्रज्ञा–प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरे । उक्त अवसरमा लेखक रोदनले गजल वाचनसमेत गरेका थिए ।

कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताए ।

‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर’, उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन् ।’ उनले यो सिरानीमुनि राख्ने कृति भएको बताए । ‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थपे ।

कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताए । ‘केही नबन्दा अरु केही बन्दो रहेछ । यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने । जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने ।

गोरखा पालुङटार पाण्डेबेसीका प्रदीप रोदनको कर्मथलो पनि त्यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् ।

देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?