+
+

‘प्रेमगीत ३’ निर्माताले चलचित्र विकास बोर्डले दिएको सम्मान फिर्ता गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १४:३८

काठमाडौं । फिल्म रिलिजमा दुःख दिएको भन्दै ‘प्रेमगीत ३’ले चलचित्र विकास बोर्डले प्रदान गरेको सम्मानलाई फिर्ता गर्ने भएको छ । निर्माता चक्रबहादुर चन्दका अनुसार हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय स्तरमा फिल्म बजार खोज्ने कार्यमा योगदान पुर्‍याएको भन्दै बोर्ड अध्यक्ष भुवन केसीले ‘प्रेमगीत ३’ का निर्मातालाई सम्मान गरेका थिए ।

‘अध्यक्षज्यूले हामीलाई प्रदर्शनमा दुःख दिने काम मात्र गर्नुभयो । हामीमाथि अन्याय भयो,’ निर्माता चन्दले भने, ‘उहाँले सम्मान अनुसार सहयोग गर्नुभएन । जसकारण हामीले हुलाकमार्फत बोर्डको ठेगानामा सम्मान फिर्ता गर्दैछौं ।’

बोर्डले टोकन अफ लभ र खादाबाट सम्मान गरेको थियो । निर्माता चन्दले फेसबुकमार्फत पनि सम्मान फिर्ता गर्ने घोषणा गरेका छन् । यतिबेला बोर्ड र प्रेमगीत ३ समूहबीच आरोप-प्रत्यारोप चर्किएको छ ।

अध्यक्ष केसीले हिन्दी संस्करणको सेन्सरमा अनावश्यक दुःख दिएको आरोप प्रेमगीत ३ का निर्माताको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?