
काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)का तीनजना सदस्यको कार्यकाल सकिएको छ ।
मन्त्रालयमा मंगलबार आयोजित समारोहमा समिति अध्यक्ष गजेन्द्र ठाकुरले सदस्यहरू ऋषिराज आचार्य, सरला पुनमगर र भुपेन्द्र खड्कालाई बिदाइ गरे ।
अध्यक्ष ठाकुरले तीनैजना सदस्यलाई प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरे । संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नै फिल्म सेन्सर बोर्डका अध्यक्ष हुने प्रावधान छ । बोर्डको संरचना अध्यक्षसहित ८ सदस्यीय हुने गर्छ । मन्त्रीको निर्णयअनुसार बोर्ड सदस्यको नियुक्ति हुँदै आएको छ ।
चलचित्र विकास बोर्डमा २ सदस्य पद रिक्त
चलचित्र विकास बोर्डमा पनि दुईजना सदस्य पद रिक्त भएको छ । सदस्य राजु केसीको केही दिनअघि कार्यकाल सकिएको छ । गतसाता निर्देशक तथा निर्माता सन्तोष लोहनी सदस्यमा नियुक्त भए ।
प्रतिक्रिया 4