+
+
Shares

रारालाई छायांकन गन्तव्य बनाउन कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २२ गते १४:१२

काठमाडौँ । चलचित्र विकास बोर्डले यतिबेला एकैसाथ ४ फरक थलोमा कार्यक्रम गरिरहेको छ । बोर्डले विज्ञप्ति जारी गर्दै दीर्घकालीन नीति, पूर्वाधार र प्रणालीगत सुधारका कदमहरू पनि अघि बढाएको जनाएको छ ।

बोर्डको सहकार्यमा अहिले देशका विभिन्न भौगोलिक र सांस्कृतिक क्षेत्रमा चलचित्रसँग सम्बन्धित विविध कार्यक्रमहरू सञ्चालनमा रहेको उल्लेख छ । जसअनुसार, काठमाडौँमा ‘महिला फिल्म बनाउँछन्’ कार्यशाला चलिरहेको छ ।

फिल्म क्षेत्रमा महिलाको सहभागिता र क्षमता विकासका लागि दुई हप्ते कार्यशाला संचालनमा छ । यो कार्यक्रम महिला फिल्ममेकर, निर्देशक र प्राविधिकलाई फिल्म निर्माणका व्यावहारिक पक्षमा सशक्त तुल्याउन केन्द्रित रहेको बताइन्छ । कार्यक्रमको आयोजना शान्ता नेपाली प्रोडक्सनले गरेको हो ।

पोखरामा ‘लाइट क्यामेरा एक्सन’ कार्यक्रम चलिरहेको छ । नयाँ पुस्तालाई फिल्म निर्माणको प्रविधि र अभ्यासमा परिचित गराउने उद्देश्यले पोखरामा कार्यशाला सुरु गरिएको र यो कार्यक्रम बैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । यसले क्षेत्रीय प्रतिभाहरूलाई केन्द्रसम्म ल्याउने प्रयास गर्ने उल्लेख छ । यसको आयोजना गुरुङ चलचित्रकर्मी संघले गरेको हो ।

मुगुको रारामा अहिले कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चलिरहेको छ । कर्णाली क्षेत्रको प्राकृतिक र सांस्कृतिक विविधतालाई फिल्ममार्फत प्रवर्धन गर्ने उद्देश्यसहित महोत्सव सञ्चालनमा छ । अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला र अभिनेता प्रदीप खड्का महोत्सवमा सहभागी छन् ।

दोलखामा थामी समुदायको विवाह संस्कृति सम्बन्धी डकुमेन्ट्री छायांकन भैरहेको छ । लोपोन्मुख जातीय संस्कृतिको दस्तावेजीकरण गर्दै, बोर्डको सहकार्यमा थामी जातिको विवाह परम्परा सम्बन्धी वृत्तचित्र निर्माण भैरहेको छ । यसले विविध सांस्कृतिक सम्पदाको संरक्षणमा भूमिका खेल्ने उल्लेख छ । यसको थामी चलचित्र संघले गरेको छ ।

दीर्घकालीन योजना कार्यान्वयनतर्फ चलचित्र विधेयक संसद्मा, बनेपामा इनडोर छायांकन स्टुडियोको निर्माण प्रक्रिया, बक्सअफिस प्रणाली कार्यान्वयन नजिक, अनलाइन सेवाको निर्माण पुरा र यसलाई बैशाखमै उद्घाटन गर्ने तयारी छ । इलाममा बाल चलचित्र महोत्सव पनि आयोजना हुने बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?