
९ असोज, काठमाडौ । नागरिक लगानी कोषले सामुदायिक विद्यालयका शिक्षकहरुको सावधिक जीवन बीमा योजना अन्तर्गत अनिवार्य रुपमा रकम कट्टा गर्दा अनलाइन प्रणालीबाट फाँटवारी अपलोड गर्ने र अनलाइन प्रणालीबाट रकम पठाउने व्यवस्था सुरु गरेको छ ।
यसअघि कोषले अनलाइन प्रणालीबाट कोषका कार्यक्रममा सहभागी कर्मचारीको सम्बन्धित कार्यालयले सोझै कर्मचारीको कोषको खातामा कोष कट्टी रकम जम्मा गर्ने व्यवस्था मिलाएको थियो ।
विद्युतीय सरकारी लेखा प्रणाली (सिगास) प्रणालीबाट पारिश्रमिक वितरण गर्ने सरकारी कार्यालय बाहेकका अन्य कार्यालयलाई लक्षित गरी कोषले यस्तो सुविधा यसअघि नै सुरु गरेको थियो ।
शिक्षकहरुले यो सुविधाको उपयोग गरी अनलाइन प्रणालीबाट मात्र फाँटवारी अपलोड गरी रियल टायममै सम्बन्धित शिक्षक, कर्मचारीको खातामा रकम प्रविष्ट हुने हुँदा सिगास प्रणालीबाट पारिश्रमिक बितरण गर्ने कार्यालय बाहेक अन्य कार्यालय, बिद्यालयले यो सुविधा लिँदा कारोबारमा सहजता आउने अपेक्षा गरिएको जनाएको छ ।
शिक्षकहरुमा पनि अनलाइन कारोबार सुरु भएपछि सहजता मिलेको मदन स्मारक माध्यामिक बिद्यालय ललितपुरका प्रधानाध्यापक गोविन्दप्रसाद पौडेललाई उदृत गर्दै कोषले जनाएको छ ।
प्रतिक्रिया 4