
आइतबार बेलुका हायात होटलमा आयोजित टीजीआइएफ फेसन शोमा चिल्लर ।
काठमाडौं । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी छिल्लर यतिबेला नेपालको राजधानीमा छिन् । टीजीआईएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा र्याम्प नापिन् ।
शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शो स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्युड लेबलले प्रस्तुत गरेको फल-विन्टरको पहिरनमा मानुषी आकर्षक देखिएकी थिइन् ।
न्युडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले समेत रनवे नापेका थिए । टीजीआईएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिब्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4