+
+

साबा महिला च्याम्पियनसिप : माल्दिभ्ससँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते ८:२९

१० असोज,  काठमाडौं । माल्दिभ्समा आइतबारदेखि सुरु भएको साबा महिला बास्केटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल घरेलु टाेलीसँग ५१-४७ ले पराजित भएको छ ।

मालेमा भएको उद्घाटन खेलमा पराजित भएपछि उपाधि जित्ने लक्ष्य रहेकाे नेपाललाई सुरुमै धक्का लागेकाे छ ।

राेमाञ्चक खेलमा चाैथाे तथा अन्तिम क्वाटरकाे अन्तिम मिनेसम्म नेपाल अघि रहेपनि माल्दिभ्सले खेलाडी थ्री प्वाईन्टर्सबाट अग्रता बनाएकाे थियाे ।

चार राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपालले दोस्रो खेल मंगलबार श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले अन्तिम खेल भुटानसँग बुधबार खेल्नेछ ।

फाेटाे: माल्दिभ्सकाे खेलकुद मन्त्रालय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?