+
+

नेपाल-बंगलादेशको खेल हेर्न ५ सय देखि ५ हजारको टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १५:३०

१० असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार हुने नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलका लागि महँगो टिकटदर तोकेको छ ।

एन्फाले सामान्य प्याराफिटतर्फ ५०० र भीआईपीतर्फ १ हजार र ५ हजारको टिकटदर तोकेको हो ।

पछिल्लो साता मात्र सम्पन्न भएको साफ महिला च्याम्पियनसिपमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० को टिकटदर तोकेको थियो । उक्त खेल हेर्न दशरथ रंगशाला खचाखच भरिएका थिए । तर एन्फाले यसपटक भने टिकदर निकै महँगो भएको भन्दै सामाजिक सञ्जालमा टिकटदरको विरोध भइरहेको छ ।

एन्फाका महासचिव किरण राईले टिकटदर महंगो नभएको र टिकट किन्न नसक्ने दर्शकका लागि भनेर प्रत्यक्ष प्रसारणको व्यवस्था गरेको बताए । उनले भने, ‘सामान्यतर्फ ५०० टिकट दर ठीकै हो महँगो होइन । पुरुष फुटबल भएका कारण महिलाको तुलनामा महंगो हो ।’

भीआईपी सिट जम्मा ८० वटा रहेको र यहाँ बस्न खास दर्शक मात्र आउने भएकाले टिकटदर सामान्यभन्दा महंगो भएको महासचिव राईले बताए ।

‘नेपाली फुटबललाई सहयोग गर्ने बाटोको रुपमा हामीले भीआईपीमा ५ हजार टिकटदर तोकेका हौं’, उनले भने। टिकट भने अनलाइनबाट नभई भौतिक रुपमा नै वितरण हुने उनले बताए ।

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबलको मंगलबार साँझ ५:३० बजे हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?