+
+

देवदहमा १० शय्याको नगर अस्पताल सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १६:५९

१० असोज, बुटवल । देवदह नगरपालिकाले १० शय्याको नगर अस्पताल सञ्चालनमा ल्याएको छ । साविकको देवदह स्वास्थ्य चौकीको भवनमा पूर्वाधार थपेर नगर अस्पताल सञ्चालन गरिएको हो ।

नगर अस्पतालको नयां भवन भने निर्माणाधीन छ । नगर अस्पतालको सोमबार नगर प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरेका छन् । अस्पताल उद्घाटन गर्दै नगर प्रमुख खरेलले चुनावी प्रतिवद्धता अनुसार आफूले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताए ।

सबै नगरवासीलाई आधारभूत स्वास्थ्य उपचार सहजरुपमा उपलब्ध गराउन ५ वर्षभित्र सबै नगरबासीको स्वास्थ्य बीमा गरी पूर्ण स्वास्थ्य बीमायुक्त नगर घोषणा गर्ने योजना रहेको उनले बताए । स्वास्थ्य बीमाको शुल्क तिर्न र नवीकरण गर्न नसक्ने विपन्न परिवारलाई नगरको बजेटबाट निःशुल्क गर्ने नगर प्रमुखले घोषणा गरे ।

स्वास्थ्य कार्यालय भैरहवाका प्रमुख गौरव ढकालले देवदह नगरपालिका स्वास्थ्य सेवा प्रवाहमा जिल्लाका १६ पालिकामध्ये तेस्रो स्थानमा रहेको बताउँदै नगर अस्पताल सञ्चालन सँगै स्वास्थ्य सेवा थप व्यवस्थित हुने विश्वास व्यक्त गरे ।

स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका संयोजक जनक साउदले नगर अस्पतालमा पनि स्वास्थ्य बीमा कार्यक्रम लागु गरिने र यसले ठूला अस्पतालमा बीमा सेवाका लागि हुने चाप घट्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले संविधानले स्वास्थ्य उपचारलाई मौलिक हकको रुपमा सुनिश्चित गरेकाले नगर अस्पतालले त्यसको प्रत्याभूति दिने बताए ।

नगर अस्पतालमा हाल एकजना मेडिकल अधिकृत, ५ जना नर्स, ५ जना पारामेडिक्स, २ जना ल्याब टेक्निसियनले सेवा दिने छन् भने निकट भविष्यमै एकजना मेडिकल अधिकृत थप गरिने अस्पतालका प्रमुख डा. डिल्लेश्वर श्रेष्ठले बताए ।

अस्पततालमा चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रसुति, भिडियो एक्सरे, प्रयोगशाला र फार्मेसी सेवा उपलब्ध हुने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?