+
+

अभिनेत्री आशा पारेखलाई दादासाहेब फाल्के सम्मान प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १४:३५

काठमाडौं । भारतीय फिल्मको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड यस वर्ष वरिष्ठ अभिनेत्री आशा पारेखलाई प्रदान गरिने भएको छ ।

भारतीय फिल्ममा योगदान पुर्‍याएबापत उनलाई अवार्ड दिन लागिएको भारत सरकारले जनाएको छ । समाचार संस्था एएनआईले दादासाहेब फाल्खे अवार्ड दिइने कुराको पुष्टि गरेको छ ।

७९ वर्षीया अभिनेत्री पारेखलाई ६८ औं राष्ट्रिय पुरस्कार दिइन लागिएको हो । पछिल्लोपटक सन् २०१९ मा प्रदान गरिएको सम्मान दक्षिण भारतीय सुपरस्टार रजनीकान्तलाई प्रदान गरिएको थियो ।

२२ वर्षयता कुनै महिला फिल्मकर्मीलाई यो सम्मान दिइन लागिएको हो । सन् २००० मा गायिका आशा भोस्लेलाई यो अवार्ड दिइएको थियो । त्यसपछि अभिनेत्री पारेख दादासाहेब फाल्के अवार्ड जित्ने महिला हुन् ।

आशा पारेखभन्दा पहिला आशा भोस्ले, लता मंगेशकर, दुर्गा खोटे, कानन देवी, रुबी मेयर्स र देविका रानीलाई पनि यो सम्मान दिइएको छ । सन् १९६९ मा यो सम्मान पाउने देविका रानी पहिलो अभिनेत्री थिइन् ।

१० वर्षको उमेरदेखि अभिनय करिअर थालेकी पारेखले सन् १९५२ मा रिलिज भएको फिल्म ‘आसमान’मा बाल कलाकारको भूमिकामा अभिनय गरेकी थिइन् ।

सन् १९५९मा रिलिज भएको फिल्म ‘दिल देके दोखो’ फिल्म ब्लकबस्टर सावित भएको थियो जसमा पारेख शम्मी कपुरको अपोजिटमा थिइन् । आशा पारेखले बलिउडमा ९५ वटा फिल्ममा काम गरेकी छन् । ११ पटक उनलाई लाइफटाइम अचिभमेन्टबाट सम्मान गरिएको छ ।

सन् १९९२ मा पद्मश्रीबाट पनि सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?