+
+

बंगलादेशविरुद्ध अञ्जनको ह्याट्रिक

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज ११ गते १८:१०

११ असोज, काठमाडौं । अन्जन विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।

नेपालका लागि सबै गोल अन्जनले गरे । नेपालले १८औं मिनेटमा अञ्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमा अञ्जनले हेडर गोल गरे ।

२७औं मिनेटमा अञ्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए । तर रिबाउन्ड आएको बलमा अञ्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।

खेलको ३८औं मिनेटमा अञ्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पु¥याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अञ्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अञ्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।

साथै अन्जन नेपालका लागि ह्याट्रिक गर्ने छैटौँ खेलाडी बन । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्स विरुद्ध ह्याट्रिक गरेका थिए ।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।

यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?