+
+

अन्जनको ह्याट्रिकमा बंगलादेशमाथि सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ११ गते १९:३५

११ असोज, काठमाडौं । अन्जन विष्टले ह्याट्रिकको मदतमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशमाथि सहज जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालका लागि सबै गोल अन्जनले गरे ।

नेपालले १८औं मिनेटमा अन्जनले गोलबाट अग्रता लिएको थियो । विमल घर्ती मगरले राइड साइडबाट प्रहार गरेको फ्रिकिकमाउ उनले हेडर गोल गरेका हुन् ।

२७औं मिनेटमाअन्जनले नै नेपालको अग्रता दोब्बर बनाए । विशाल राईले राइड साइडबाट गरेको क्रसमा विमलले पेनाल्टी क्षेत्रमा तेज तामाङलाई बल मिलाइदिए । सोही बलमा तेजको प्रहार बंगलादेशी गोलकिपर अनुसुर रहमानले पञ्च गरेका थिए, तर रिबाउन्ड आएको बललाई अन्जनले १८ यार्ड बक्सभित्रबाट सहजै जालीको दिशा दिए ।

खेलको ३८औं मिनेटमा अन्जनले ह्याट्रिक गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्‍याए । विशाल राईले प्रहार गरेको फ्रिकिकमा अन्जनले पेनाल्टी क्षेत्रमा हेडर गोल गरे । अन्जनको यो १०औं अन्तर्राष्ट्रिय गोल हो ।

साथै नेपालका लागि ह्याट्रिक गर्ने छैटौं खेलाडी बने । यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए । पछिल्लो पटक नवयुग २०१६ मा बंगलादेशमा भएको बंगबन्धु गोल्डकपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।

खेलको ५७औं मिनेटमा बंगलादेशका मोहम्मद टुटुल हुसैन बादशाहले एक गोल फर्काए । रकिब हुसैनले लेफ्ट साइडबाट गरेको क्रसलाई सेसेहाङ आङदेम्बेले क्लियर गर्न नसक्दा बादशाहले उत्कृष्ट डाइभ हेडर गोल गरे ।

यसअघि खेलको १७औं मिनेटमा बंगलादेशी कप्तान जमल भुयानले करिब २२ यार्ड परबाट गरेको प्रहार लेफ्ट बारमा लागेर बाहिरिएको थियो । ५४औं मिनेटमा तेज तामाङ १८ यार्ड बक्सको राइड साइडबाट गरेको प्रहार सेकेन्ड बार नजिकैबाट बाहिरिएको थियो ।

ऋतिक खड्का र आशिष चाैधरीकाे डेब्यू

युवा फरवार्ड ऋतिक खड्कार आशिष चाैधरीले नेपाली राष्ट्रिय फुटबल टिममा डेब्यू गरेका छन् । बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा वैकल्पिक खेलाडीकाे रुपमा मैदान प्रवेश गर्दै एकसाथ डेब्यू गरे ।

ऋतिक सेसेहाङ आङदेम्बे र आशिष विमल घर्ती मगरकाे स्थानमा ८४ मिनेटमा मैदान प्रवेश गरेका हुन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?