
१२ असोज, काठमाडौं । हेलि एभरेष्टले तेस्रो हेलिकप्टर थप गरेको छ । कम्पनीले एएस३५० बीई ए१२५ हेलिकप्टर भित्राएको हो ।
कम्पनीले २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवसको अवसर पारी नयाँ हेलिकप्टर भित्राएको प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पाले जानकारी दिए । सिंगल इन्जिन यो हेलिकप्टर नेपालको भूगोल र मौसम सुहाउँदो मोडल रहेको कम्पनीको भनाइ छ ।
आकस्मिक उद्धार, पर्यटकीय सेवा, व्यापारिक उडान, चिकित्सकीय सेवा तथा कार्गो उडानमा यो हेलिकप्टरको प्रयोग गरिने कम्पनीले जनाएको छ । नेपालमा पर्यटकीय सिजन चलिरहेको समयमा हेलि एभरेष्टले नयाँ हेलकप्टर भित्राएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4