
१२ असोज काठमाडौं । लमजुङमा बढी भाडा लिने तीनवटा माइक्रो बस एउटा मिनीबसलाई प्रहरीले कारबाही गरेको छ ।
काठमाडौंबाट वेसिशहरका लागि छुटेको तीनवटा माइक्रो बस र एउटा बसले प्रतिव्यक्ति एक हजार रुपैयाँ भाडा लिएपछि उनीहरुलाई १० हजार रुपैयाँ जरिवाना गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
काठमाडौंबाट लमजुङसम्मको भाडा माइक्रोबसमा ७१० र मिनीबसमा ६५० रुपैयाँ तोकिएको छ । उनीहरुले एक जनासँग एक हजार रुपैयाँ लिएको पाएपछि कारबाहीको लागि यातायात शाखा लमजुङमा पठाएको र २ वटा माइक्रोबसलाई १० हजारका दरले राजीनामा गरेको र दुई वटा बस कारबाहीको प्रक्रियामा रहेको प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
प्रहरीले बढी भाडा लिएको पाइए उजुरी गर्न पनि सर्वसाधारणलाई अपिल गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4