+
+

नवौं राष्ट्रिय खेलकुद समापनको प्रमुख अतिथि प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १३:२६

१३ असोज, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद- २०७९ को समापन कार्यक्रमका लागि  निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ ।

राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटरस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । त्यस अवसरमा मन्त्री गहतराज र सदस्य-सचिव घिसिङले प्रधानमन्त्री देउवालाई नवौं राष्ट्रिय खेलकुदको तयारीका बारेमा जानकारी गराएका थिए ।

नवौं राष्ट्रिय खेलकुदको समुद्घाटन कार्यक्रमको प्रमुख अतिथिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई असोज ११ गते निमन्त्रणा पत्र प्रदान गरी सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?