+
+

सार्वजनिक बिदा ७ दिनभन्दा बढी भए एसएलएफको भुक्तानी अवधि पनि बढ्ने

नेपाल राष्ट्र बैंकले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १४:११

१३ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार ७ दिन भन्दा बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि पनि थप हुने व्यवस्था गरेको छ । दशैं बिदामा तरलता समस्या नहोस् भनेर बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

१२ असोजको निर्णयअनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि ७ दिनको लागि मात्रै पाइने स्थायी तरलता सुविधा अब भने लामो बिदा परेमा बिदा समाप्त नहुँदासम्म भुक्तानी अवधि रहने व्यवस्था गरेको छ ।

‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर, ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन’ संशोधित व्यवस्थामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?