+
+

एमालेमा गएको दुई सातामै माओवादीमा फर्किए माडीका दुई नेता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १३ गते १६:०२

१३ असोज, चितवन । नेकपा एमाले प्रवेश गरेको करिब दुई सातापछि चितवनको माडीका नेताहरु नेकपा माओवादी केन्द्रमा फर्किएका छन् ।

माओवादीको बागमती प्रदेश सदस्य रहेका गिरीधारी सुवेदी र माडी–७ का सचिव सुरेश थापा पुनः माओवादीमै फर्किएका माओवादीका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।

बिहीबार उनीहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवासमा स्वागत गरेका हुन् ।

उनीहरु ३० भदौमा माओवादीका पूर्वजिल्ला अध्यक्ष यमबहादुर परियारसहित एमालेमा प्रवेश गरेका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए ।

नयाँ घर सर्ने क्रममा केही दिन चितवन बसेका प्रचण्डले उनीहरुसँग कुराकानी गरेपछि उनीहरु माओवादीमा फर्किन तयार भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?