१३ असोज, काठमाडौं । नेपाली यू–१७ प्रमुख प्रशिक्षक उर्जन श्रेष्ठले एसियन कप छनोट खेल्ने अन्तिम २३ सदस्यीय टिम घोषणा गरेका छन् ।
उनले साफमा पनि यू–१७ को टिमलाई प्रशिक्षण दिएका थिए । सोही टिमका केही खेलाडी परिवर्तन गरी उनले नयाँ टिम घोषणा गरेका हुन् ।
नेपाली यू–१७ टिम साफमा उपविजेता बन्दै भदौ ३० गते स्वदेश फर्किएको थियो । साफको टिममा रहेका प्रितम कार्की, मिरक लिङ्देन र सरोज धामीलाई प्रतिस्थापन गर्दै राम थापा, सरोज दलार्मी र श्रीयान्स मानन्धर पहिलो पटक टिममा परेका छन् ।
प्रशिक्षक श्रेष्ठले टिममा यस पटक फर्वाडमा जम्मा दुई खेलाडी राखेका छन् भने मिड फिल्डमा नौ जना राखेका छन् । टोली आइतबार प्रतियोगिता खेल्न भियतनाम प्रस्थान गर्नेछ ।
यस्तो छ नेपाली टिम
गोलकिपर : कृशल मोक्तान, समिर चन्द, रुविन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, सीमान्त थापा, धिरज विश्वकर्मा, राम थापा
मिडफिल्डर : प्रशान्त लक्सम, युनेस बुढाथोकी, सरोज दलार्मी, हरिसराज भट्ट, लछु थापा, विनोद केसी, श्रीयंस मानन्धर, निरज कार्की, धन सिंह विक
फरवार्ड : सिजल राई, सुवास बम
प्रतिक्रिया 4