+
+

निर्माताले सार्वजनिक गरे ‘प्रेमगीत ३’को पहिलो साताको कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १०:२०

काठमाडौं । ‘प्रेमगीत ३’ले शुक्रबार पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमार्फत फिल्मको नेपाल, भारत र विश्वव्यापी कमाइलाई बाहिर ल्याएका छन् ।

उनका अनुसार फिल्मले पहिलो साता नेपालमा ७ करोड ९६ लाख रुपैयाँ ग्रस कमाएको छ । २ करोड ५ लाख ग्रसको ओपनिङसहित शनिबार २ करोड २२ लाख, आइतबार साढे ९५ लाख, सोमबार १ करोड १५ लाख, मंगलबार ६५ लाख, बुधबार ६१ लाख र बिहीबार ५३ लाख रुपैयाँ कमाइ गरेको जनाएका छन् ।

भारतमा पहिलो साता ३ करोड ४४ लाख भारु कमाइ भएको निर्माता सेनले उल्लेख गरेका छन् । ओभरसिज (नेपाल र भारतबाहेक) फिल्मको कमाइ ६.२१ करोड भारु रहेको समेत निर्माता सेनले जनाएका छन् ।

फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्मले विश्वव्यापी १९.२९ करोड भारु कमाइ गरेको जनाएका छन् । प्रदीप खड्का स्टारर फिल्मले पहिलो दिन नेपाल र भारतसहित विश्वव्यापी आक्रामक ओपनिङ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?