+
+

सल्यानमा जीप दुर्घटना हुँदा २ को मृत्यु, १७ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १५ गते ९:११

१५ असोज, दाङ । सल्यानमा दर्शनार्थी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

सल्यानको खैराबाङ मन्दिरतर्फ दर्शन गर्न जाँदै गरेको रा१ज ५९८ नम्बरको जीप शनिबार बिहान पौने सात बजे कुमाख गाउँपालिका-७ जिमालीमा दुर्घटनामा भएको हो ।

दुर्घटनमा परी मृत्यु हुनेमा  कुमाख गाउँपालिका-७ का ३९ वर्षीय मानबहादुर पुन र १४ वर्षीया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालले बताए । दुवैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

जीप उकालो सडकमा ब्याक गर्ने क्रममा पल्टिएर १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

गत बुधवारमात्रै सल्यानको कपुरकोटमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो ।

बाँकेको कोहोलपुरबाट सल्यानका लागि छुटेको रा १ ज ५६३ नम्बरको जीप सल्यानको कपुरकोट गाउँपालिका– ३ मुलपानीमा दुर्घटना परेको थियो । दुर्घटनमा ८ जनाको घटनास्थल र एकजनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?