
१६ असोज, काठमाडौं । विवकेशील साझा पार्टीकी केन्द्रीय सदस्य निरुपमा यादव र सुदूरपश्चिम प्रदेशका संयोजक दिनेशराज भण्डारीले राजीनामा दिएका छन् ।
छुट्टा-छुट्टै वक्तव्य जारी गर्दै यादव र भण्डारीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन् ।
यादव पार्टीको कानून मामिला विभाग प्रमुखसमेत हुन् भने भण्डारी केन्द्रीय कार्यसम्पादन समिति सदस्यको जिम्मेवारीमा थिए ।
यादव यसपटक समानुपातिकको बन्द सूचीमा पनि थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4