+
+
Shares

प्रदेशमा झरे ज्ञवाली, चितवन २ मा कृष्णभक्तको बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १६:१७

१८ असोज, चितवन । नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ ।

निवर्तमान संसद पोखरेलसँगै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको नाम सिफारिस भएको थियो । तर चितवन जिल्ला इन्चार्ज समेत रहेका ज्ञवाली प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने भएपछि पोखरेललाई सहज भएको हो ।

पार्टीलाई एकतावृद्ध र बलियो बनाउन केन्द्रको दाबी छाडेर प्रदेशको उम्मेदवार बन्न सहमत भएको ज्ञवालीले बताए । ‘म सहमतिमा जाँदा पार्टी एकतावद्ध हुने देखेँ । माननीय कृष्णभक्तले संसद र समितिमा खेलेको भूमिका निकै राम्रो र प्रभावकारी देखिएकाले उहाँलाई रोक्न राम्रो देखिँदैन भनेर एकतावद्ध भइयो’, नेता ज्ञवालीले भनेका छन्, ‘यहाँ अब कुनै समस्या रहेन ।’

ज्ञवालीका अनुसार अब उनी चितवन-२ को ख बाट प्रदेशसभा सदस्यको उम्मेदवार हुनेछन् ।

प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा रहेका पोखरेल २०७० यही निर्वाचन क्षेत्र (साविक चितवन क्षेत्र नं. ३, हालको २) बाट संविधानसभा सदस्य चुनिएका थिए भने २०७४ मा पनि यहीबाट निर्वाचित भएका थिए ।

वाम गठबन्धनका साझा उम्मेदवार पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याउँदा नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत पाएका थिए ।

यो निर्वाचन क्षेत्रमा इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् ।

स्थानीय निर्वाचनमा इच्छाकामनामा अध्यक्ष र उपाध्यक्षसहित ७ वडामध्ये ५ वडामा जितेको एमालेले कालिकामा नगरप्रमुख र उपप्रमुखसहित ११ मध्ये ४ वडा जितेको छ ।

भरतपुर महानगरपालिकाकाको १,२,३,४,५,७,१०,११,१२ र २९ वडामध्ये तीन वटा एमालेले जितेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?