+
+

मुहानमा बाढी आउँदा वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १३:४२

२१ असोज, सुर्खेत । अविरल वर्षाका कारण मुहानमा पहिरो जाँदा वीरेन्द्रनगर उपत्यमा खानेपानी आपूर्ति बन्द भएको छ । झुप्राखोला, खरिखोरा र बोरीखोलको मुहानमा पहिरो गएपछि बिहीबार राति २ बजेदेखि वीरेन्द्रनगर उपत्यकामा खानेपानी आपूर्ति बन्द भएको हो ।

कर्णालीको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानीका सबै मुहानहरुमा बाढी आएपछि खानेपानी आपूर्ति बन्द भएको जनाएको छ ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले खोनेपानीको मुहानमा पहिलो जानुका साथै ढल आएर लेदो मिसिएकाले केही दिन उपत्यकामा खोनेपानी विरतण गर्न नसकिने बताए । ‘सबै मुहानमा पहिरो गएको छ । लगातार वर्षाका कारण कहाँ कती क्षति भयो त्यस्को विवरण निकाल्न पनि सकिएकोा छैन’ अध्यक्ष देवकोटाले भने ।

वर्षा नरोकियसम्म खानेपानी आपूर्ति गर्न पनि नसकिने अध्यक्ष देवकोटाले बताए । ‘स्रोतहरूमा बाढीको बहाव कम हुनेवित्तकै मुख्य प्रसारण पाइपलाइनमा र धमिलोपना कम हुने बित्तिकै प्रसोधन केन्द्रहरुमा पानी राखी खानेपानी संचालन गर्ने गरी कर्मचारीहरु खटाइएका छौं । अहिले क्षतिको विवरण लिने काम भै रहेको छ,’ उनले भने ।

झन्डै २ लाख ८० हजार जनसंख्या रहेको वीरेन्द्रनगरमा समयमै खानेपानी आपूर्ति नभए समस्या हुँने देखिन्छ । अध्यक्ष देवकोटाका अनुसार वीरेन्द्रनगरमा वर्षातको समयमा दैनिक औसत ४९ लाख लिटर पानी आपूर्ति हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?