+
+

झनै कमजोर बन्यो नेपाली रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १७:०८

२१ असोज, काठमाडौं । अमेरीकी डलरको तुलनामा भारतीय मुद्रा लगातार कमजोर बन्दा नेपाली मुद्रा पनि कमजोर बन्दै गएको छ । पछिल्लो पटक दुई साता अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर वृद्धि गरेसँगै डलरसँग भारतिय रुपैयाँ (भारु) लगातार कमजोर बन्दै गएको छ ।

भारतीय मुद्रा कमजोर बन्दा स्थिर विनिमय दरको कारण नेपाली मुद्रा पनि हालसम्मकै कमजोर बनेको छ । १८ असोजमा एक अमेरकिी डलरको विनिमय दर (बिक्री मूल्य) १३१ रुपैयाँ ३० पैसासम्म पुगेको थियो । त्यसपछि १९ र २० असोजमा केही केही घटेर १३० रुपैयाँ ७४ पैसामा झरेको डलरको विनिमय दर (बिक्री मूल्य) २१ असोज शुक्रबार बढेर १३१ रुपैयाँ ३२ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै शुक्रबार डलरको विक्री मूल्य १३० रुपैयाँ ७२ पैसा रहेको केन्द्रिय बैंकले जनाएको छ ।

९ असोज शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता लगातर बढ्दो क्रममा नै देखिएको छ । ९ असोज शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् । फेडले ब्याजदर बढाउँदा भारतसहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रुस-युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको जानकारहरु बताउँछन् ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थवीदहरुकेा विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने पर्नेसक्ने जानकारहरु बताउँछन् । डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम पनि हुने अर्थविदहरुको तर्क छ ।
यता रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?