+
+

बाढी प्रभावित क्षेत्रमा पुगे मन्त्री गहतराज, समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ७:२९

२३ असोज, बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाँकेका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले बाढी र डुबान प्रभावितको समस्याको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए ।

अविरल वर्षाका कारण आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी लिन मन्त्री गहतराज शनिबार बाँके आइपुगेका छन् । उनले राप्तीसोनारी गाउँपालिका २ टिकुलीपुरको स्थलगल निरीक्षण गरेका छन् ।

राप्ती नदीमा आएको बाढीका कारण राप्तीसोनारी, नरैनापुर र कोहलपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको भन्दै मन्त्री गहजतराजले राहत तथा उद्धारमा जुट्न युवाहरुलाई अपिल गरे । बाँके क्षेत्र नं. १ का सांसद समेत रहेका उनले राहत र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिए ।

उनले बाढी प्रभावितहरुका लागि केन्द्र सरकारबाट ठोस राहत घोषणा गर्न पहल गर्ने आश्वासनसमेत दिए । डुबान समस्या समाधानका लागि दीर्घकालीन रणनीति बनाउन संसदमा लगातार कुरा उठाएको बताउँदै उनले केन्द्रीय स्तरबाटै योजना बनाएर छिट्टै समस्या समाधानको उपाय खोजिने बताए ।

राप्ती नदीको बाढीका कारण राप्ती सोनारी गाउँपालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर, पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनाहालगायत धेरै बस्ती डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?