+
+

विनोद चौधरीले पाए कांग्रेसबाट टिकट

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १०:२३

२३ असोज, काठमाडौं । अर्बपति व्यापारी विनोद चौधरीलाई नेपाली कांग्रेसले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ ।

यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बनेका हुन् ।

२०७० को संविधान सभा चुनावमा नेकपा एमालेले उनलाई यही क्षेत्रमा प्रत्यक्षतर्फ उठाउने तयारी गरेको थियो । तर त्यतिबेला उनले प्रत्यक्षमा चुनाव लड्न चाहेनन् ।

२०६४ को संविधान सभा चुनावमा एमालेबाट समानुपातिक सभासद बनेका चौधरी २०७४ मा भने कांग्रेसबाट समानुपातिक सांसद बनेका थिए ।

उद्योगपति समेत रहेका चौधरीसँग अब जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीको प्रतिस्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?