+
+

आदर्श लघुवित्त डिप्रोक्समा गाभिने

सेयर कारोबार रोक्का

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते ११:२८

२३ असोज, काठमाडौं । डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । चितवनको भरतपुरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्सले काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको आदर्श लघुवित्तलाई प्राप्ति गर्न लागेको हो । १४ असोजमा डिप्रोक्सले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा डिप्रोक्स लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष दिपक खनाल र आदर्श लघुवित्तको तर्फबाट सञ्चालक समिति अध्यक्ष सूर्यकुमारी श्रेष्ठले हस्ताक्षर गरेका छन् । डिप्रोक्समा गाभिने सम्झौतासँगै २३ असोज बिहीबारदेखि नेप्सेमा आदर्श लघुवित्तको सेयर कारोबार पनि रोक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?