
२३ असोज, सप्तरी । सत्तारुढ गठबन्धनबाट प्रदेश सभाको टिकट पाएका नेकपा माओवादी केन्द्रका इन्चार्ज अशोक मण्डल ‘अमर’ ले उम्मेदवारी नदिने भएका छन् ।
गठबन्धनबाट प्रदेश सभा १ को (ख) मा मण्डललाई टिकट दिइएको छ । तर उनले उम्मेदवारी नदिने बताएका छन् ।
‘मैले संघमा टिकट मागेको थिएँ, प्रदेशमा दिइयो’ अनलाइनखबरसँग उनले भने, ‘त्यहीं भएर प्रदेश सभामा उम्मेदवारी दिन्नँ ।’
सत्तारुढ गठबन्धनले क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको उम्मेदवार नेपाली कांग्रेसका जिल्ला अध्यक्ष रामदेव साहलाई टिकट दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4