+
+

भालुवाङ-प्युठान सडक ४८ घण्टादेखि अवरुद्ध

पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १३:०२

२३ असाेज, दाङ । पहिराले दुई दिनदेखि अवरुद्ध भएको भालुवाङ–प्युठान सडक अझै खुल्न सकेको छैन । शुक्रबार गएको पहिरो अहिलेसम्म पनि नखुल्दा यात्रुहरु ४८ घण्टादेखि बाटोमै अलपत्र परेका छन् ।

भालुवाङ–प्युठान सडकखण्ड अन्तरगत प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ५ बड्डाँडा क्षेत्रमा पहिरो खस्दा सडक अवरुद्ध भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । ठाउँ–ठाउँमा पहिरो खसेको र अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीको भनाइ छ ।

सरुमारानीको मोतिपुरमा खसेको ठूलो पहिरो हटाइएको भए पनि अन्य ठाउँमा पहिरो हटाउन अझै समय लाग्ने लुम्बिनी प्रदेश प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए । बड्डाँडा नजिकै रहेको खहरे खोलामा आएको बाढीले अहिले सडक अवरुद्ध गरेको छ ।

पहिरोले बाटो अवरुद्ध गर्दा लामो तथा छोटो दुरीको यात्रामा रहेका हजारौं यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?