
२३ असोज, काठमाडौं । सिन्धुपाल्चोकमा एउटा प्रतिनिधिसभा र प्रदेशसभाका २ क्षेत्र पाएको नेकपा माओवादी केन्द्रले युवा उम्मेदवारलाई अघि सारेको छ ।
सभामुख समेत रहेका अग्निप्रसाद सापकोटाले जित्दै आएको सिन्धुपाल्चोक–१ मा यसपटक माओवादीले युवा नेता माधव सापकोटालाई उम्मेदवार बनाएको छ ।
उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं सिन्धुपाल्चोक जिल्ला इन्चार्ज हुन् । सभामुख सापकोटाले चुनाव नलड्ने भएपछि माधवले अवसर पाएका हुन् ।
माधव अघिल्लो पकट प्रदेशसमा सिफारिस भएका थिए तर अन्तिम समयमा नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा उनले टिकट पाएनन् ।
प्रदेशसभामा भने माओवादी केन्द्रले एक जना नयाँ उम्मेदवार बनाएको छ भने एक जनालाई दोहोर्याएको छ । प्रतिनिधिसभा–२ (क) मा पोलिटब्यूरो सदस्य युवराज दुलालले टिकट पाएका छन् । यसअघि पनि उक्त क्षेत्रबाट जितेका दुलाल वागमती प्रदेशका पूर्व समाजिक विकासमन्त्री पनि हुन् ।
त्यस्तै सिन्धुृपाल्चोक–१ (क) को टिकट सरल सहयात्री पौडेलले पाएका छन् । उनी माओवादीको बागमती प्रदेश अध्यक्ष समेत हुन् । तीनै जना पूर्व कमाण्डर समेत हुन् । उनीहरु तीनै जना तत्कालीन नेकपा माओवादी सेनामा सहभागी भएका थिए ।
प्रतिक्रिया 4