
२३ असोज, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
जोशीको प्रस्तावकमा कृष्ण मुरारी रिजाल रहेका छन् भने समर्थकमा केदारनाथ दाहाल रहेका छन् ।
यो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट पूर्वसभामुख ओनसरी घर्तीमगर उम्मेदवार बनेकी छन् भने नेकपा एमालेले मणिराम फुँयाललाई उम्मेदवार बनाएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस क्षेत्रबाट चुनाव लड्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4