+
+

कांग्रेस महामन्त्री शर्माद्वारा झापा १ मा उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १५:०८

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन् ।

आइतबार दिउँसो आफैं उपस्थित भएर उनले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

यो क्षेत्रमा नेकपा एमालेले अग्नि खरेललाई अघि सारेको छ ।

अघिल्लो निर्वाचन पनि शर्मा झापा १ बाटै उम्मेदवार बनेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?