+
+

कालिकोटमा मलामी गएका १५ जना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १०:५३

२३ असोज, कालिकोट । कालीकोटको तिलागुफामा मलामी गएका १५ जना बेपत्ता भएका छन् ।  तिलागुफा नगरपालिका राँचुली गाउँका १५ जना बेपत्ता भएका हुन् ।

शनिबार ज्यान गुमाएका हेमराज शाहीको अन्त्येष्टिमा गएका उनीहरु बेपत्ता भएका हुन् ।

१५ जना बेपत्ता भएको खबर आउनासाथ प्रहरी टोली घटनास्थलतर्फ पठाएको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

‘१४–१५ जना बेपत्ता भएको भनेर गाउँलेले खबर गरेपछि गएको प्रहरी घटनास्थलमा पुगेको छ,’ शर्माले भने, ‘प्रहरीले घटनाबारे बुझ्ने काम गरिरहेको छ र थप विवरण आउन बाँकी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?