+
+

साफ यू-१५ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १३:४०
Photo Credit : ANFA
साफ यू-१५ महिला च्याम्पियनसिपको तयारीमा रहेका नेपाली खेलाडी ।

२४ असोज, काठमाडौं । बंगलादेशमा आगामी नोभेम्बर १ देखि ११ सम्म आयोजना हुने साफ यू-१५ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ ।

साउथ एसियन फुटबल फेडेरेसन (साफ) ले सोमबार खेल तालिका सार्वजनिक गरेको हो ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल र भुटान गरी जम्मा तीन टिमले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

च्याम्पियनसिप डबल राउण्ड रोवनका आधारमा खेलाइनेछ । हरेक टिमले एक अर्कासँग दुई-दुई खेल खेलेपछि धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

नेपालले पहिलो खेल नोभेम्बर ३ मा भुटानसँग खेल्नेछ । बंगलादेशसँग नोभेम्बर ५ मा दोस्रो खेल खेल्नेछ । नेपालले भुटानसँग दोस्रो खेल नोभेम्बर ९ र बंगलादेशसँग नोभेम्बर ११ मा खेल्नेछ ।

साफ यू-१५ महिला च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक भगवती राना मगरको प्रशिक्षणमा नेपाली टोलीले तयारी गरिरहेको छ । प्रशिक्षणमा अहिले ३० खेलाडी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?