काठमाडौं । सिस्नुपानी नेपालले यस वर्षको देउसीमा मुलुकका ७५३ वटै स्थानीय तहका प्रमुखलाई निम्तो दिने भएको छ । सोमबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई देउसीको लागि पहिलो निम्तो दिइएको छ ।
‘प्रज्ञा-सिस्नुपानी देउसी २०७९’ नाम दिइएको देउसी कात्तिक ५ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुँदैछ । देउसीको तयारीमा जुटेका हास्य कलाकार मनोज गजुरेलका अनुसार स्थानीय सरकारको चर्चा, लोकप्रियतादेखि युवा सहभागिता भएकाले पनि जनप्रतिनिधिलाई निम्तो दिइएको हो ।
‘जनप्रतिनिधिलाई हौसला दिनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । सम्भावना बोकेका र कामले पुष्टि गर्नेहरुलाई हामीले बोलाएका हौं,’ गजुरेलले अनलाइनखबरसँग भने ।
जनप्रतिनिधिसँगै कार्यक्रममा संगीत क्षेत्रका विशिष्ट व्यक्तिलाई पनि निम्तो दिइने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4