+
+

नवौं राष्ट्रिय खेलकुद : पुरुष फुटबलतर्फ आर्मी र पुलिस एकै समूहमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १९:१०

२४ असोज, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि पुरुष र महिला फुटबल प्रतियोगिताका लागि खेलतालिका सार्वजनिक गरेको छ ।

असोज २७ गतेदेखि सुरु हुने प्रतियोगितामा उपाधि दावेदार विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब एकै समूहमा परेका छन् ।

यी दुईमध्ये एउटा टिमले मात्र सेमिफाइनलको यात्रा तय गर्नेछ । पोखरा रंगशालामा हुने पुरुषतर्फको उदघाटन खेलमा समूह ए का एनआरएनए र प्रदेश १ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।

सहभागी ११ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा एनआरएनए र प्रदेश १ सँगै गण्डकी प्रदेशको टिम छन् ।

समूह बी मा बागमती प्रदेश, मधेश प्रदेश र विभागीय टोली एपीएफ परेका छन् । समूह सी मा लुम्बिनी प्रदेश, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब परेका छन् ।

दुई टोलीमात्र रहने समूह डीमा कर्णाली र सुदूरपश्चिम छन् । चारै समूहका शीर्ष टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

सेमिफाइनल चरणमा समूह ए को विजेता र समूह सीको विजेता तथा समूह बीको विजेता र समूह डीको विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिलातर्फ १० टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । स्याङजाको वालिङ फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

महिलातर्फको प्रतियोगितामा १० टोलीलाई ३ समूहमा विभाजन गरिएको छ । समूह ए मा पुलिस र बागमतीसँगै लुम्बिनी प्रदेश छन् ।

समूह बी मा त्रिभुवन आर्मी, मधेश र सुदूरपश्चिम प्रदेश परेका छन् । समूह सी मा साविक विजेता एपीएफ, प्रदेश १, कर्णाली र गण्डकी प्रदेश छन् ।

समूह ए र बी बाट विजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ भने समूह सीबाट विजेता र उपविजेता टिम सेमिफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल चरणमा समूह ए को विजेता र समूह सीको उपविजेता तथा समूह बीको विजेता र सीको विजेताबीच प्रतिस्पर्धा हुनेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?