+
+

कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता, नतिजा साउन मसान्तभित्र हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १४:३९

२५ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्ता र नतिजा साउन मसान्तभित्र हुने जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । उक्त कार्यतालिका अनुसार कक्षा १२ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको दोस्रो हप्तादेखि सञ्चालन हुने, कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षा २०८० वैशाख महिनाको तेस्रो हप्तादेखि सञ्चालन हुनेछ ।

त्यस्तैगरी कक्षा ११ को वार्षिक परीक्षा २०८० वैशाख महिनाको अन्तिम हप्तादेखि सञ्चालन हुनेछ । कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र सञ्चालन हुनेछ ।

कक्षा १२ को वार्षिक परीक्षाको नतिजा २०८० साउन मसान्तभित्र प्रकाशन हुने र कक्षा ११ को (आंशिक/ग्रेड वृद्धि परीक्षार्थी)को भदौ मसान्तमित्र प्रकाशन गरिनेछ । कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा परीक्षा सञ्चालन भएको मितिले ४५ दिनभित्र प्रकाशन हुने बोर्डले जनाएको छ ।

पुनर्योगका लागि विद्यार्थीले नतिजा प्रकाशन भएको मितिले १५ दिनभित्र निवेदन दिनसक्ने र पुनर्योगको नतिजा प्रकाशन नतिजा प्रकाशन भएको मितिले ४५ दिनभित्र (पूरक परीक्षा सञ्चालन हुनुभन्दा अगाडि) हुनुपर्नेछ ।

कार्यतालिका अनुसार कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि २०७९ कार्तिक मसान्तभित्र रजिष्ट्रेसन आवेदन फाराम वितरण हुनेछ । कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको रजिष्ट्रेसन आवेदन फाराम २०७९ पुस १५ गतेभित्र भरिसक्नुपर्ने, विलम्ब शुल्कसहित पुस मसान्तसम्म र विद्यालयहरुले माघ १५ गतेभित्र सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने, सम्बन्धित कार्यालयहरुले फागुन १५ गतेभित्र सम्बन्धित विद्याहरुलाई ट्रिप्लिकेट सहित रजिस्ट्रेसनको अर्धकट्टी वितरण गर्नुपर्ने उल्लेख छ ।

कार्यातालिका अनुसार कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको २०७९ पुष १ गतेबाट सम्बन्धित विद्यालयहरुलाई परीक्षा आवेदन फाराम वितरण गर्ने, २०७९ पुष १६ गतेदेखि माघ १५ गतेभित्र सम्बन्धित विद्यालय/क्याम्पसहरुले कक्षा ११ का आंशिक/ग्रेड वृद्धि र कक्षा १२ को नियमित तथा आंशिक/ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षा आवेदन फाराम भर्नुपर्ने, माघ १६ गतेदेखि माघ मसान्तसम्म सम्बन्धित विद्यालय/क्याम्पसहरुले विलम्ब शुल्क सहितको परीक्षा आवेदन भराउनुपर्नेछ । विद्यालय/क्याम्पसहरुले फागुन १५ गतेसम्म बोर्डका सम्बन्धित कार्यालयमा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ ।

२०८० साल वैशाखमा कक्षा १२ को नियमित, आंशिक/ग्रेडवृद्धि एवं कक्षा ११ को (आंशिक/ग्रेड वृद्धि) परीक्षार्थीको वार्षिक परीक्षाको समय तालिका २०७९ माघ मसान्तभित्र प्रकाशन हुने र परीक्षा केन्द्र फागुन मसान्तभित्र निर्धारण गरिनेछ । २०७९ चैत मसान्तभित्र विद्यालयहरुलाई विद्यार्थीहरुको प्रवेशपत्र तथा ट्रिप्लिकेट वितरण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?