+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

अतिक्रमणमा थारु समुदायको धार्मिक पहिचान क्षेत्र ग्रामथान

रासस रासस
२०७९ असोज २६ गते १९:०२

२६ असोज, सुनसरी । थारु समुदायको बाहुल्य रहेको सुनसरीका ग्रामथान, पछिल्लो समय अतिक्रमणमा परेका छन् । थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान, पानीघट्टा, गौचरण तथा पोखरी स्थानीय व्यक्ति तथा जग्गाका कारोबारीको अतिक्रमणका कारण सङ्कटमा परेका हुन् ।

वैशाख १ गते थारु समुदायले आफ्ना कुलदेवताको पूजा गर्ने त्यस्ता स्थान अहिले अन्य समुदायको अतिक्रमणमा परेका हुन् ।

थारु समुदायको धार्मिक पहिचान तथा संस्कृति बोकेका ग्रामथान संरक्षण गर्न स्थानीय सरकारका प्रमुखले प्रतिबद्धता जनाएका छन् ।

ग्रामथान संरक्षण समिति सुनसरीको पाँचौँ वार्षिक साधारणसभा अवसरमा इटहरीका प्रमुख हेमकर्ण पौडेल, उपप्रमुख सङ्गीता चौधरी, रामधुनीका प्रमुख शङ्करलाल चौधरी, गढी गाउँपालिका प्रमुख आशनारायण चौधरीलगायतले ग्रामथान संरक्षणसँगै थप विकासका निम्ति प्रतिवद्ध रहेको जनाएका छन् ।

ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरी सुनसरीको रामधुनीमा रहेको ग्रामथान नजिकै विभिन्न व्यक्तिले जग्गा खरिद गरी बसोबास गर्दा थानको जग्गासमेत अतिक्रमणमा परेको जानकारी दिए ।

रामधुनीको विच्छुधामी ग्रामथान र इटहरीमा रहेको कचना महादेव ग्रामथान, जब्दीग्राम थान, जितनधामी लगायतका ग्रामथानका अतिक्रमणमा परेको उनले जानकारी दिए ।

थारु समुदायले चैत महिनामा बहरजत्रा शुभसाइत सन्सारी पूजा गरी नयाँ वर्ष वैशाख १ गते स्थानीय ग्रामथानमा सिरुवा पूजा गरी आर्शिवाद लिने परम्परा छ ।

अखाडी पूजा, नेमानी पूजालगायत शुभकार्य गर्दा ग्रामथानमा गई पूजा अर्चना गरी आशिष लिने परम्परा रहेको छ । सुनसरीमा थारु समुदायको बाहूल्य रहेको क्षेत्रमा तीन सयको हराहारीमा र मोरङमा चार सय भन्दा बढीको सङ्ख्यामा ग्रामथान रहेका छन् ।

थारु समुदायले जन्मदेखि मृत्यु संस्कारसम्मका लागि मान्दै आएको धार्मिकस्थल ग्रामथान पछिल्लो समयमा विकास निर्माणको नाममा अतिक्रमण बढेको भन्दै संरक्षणका लागि ध्यानाकर्षण गराएका हुन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?