+
+

उम्मेदवारी फिर्ता नलिएपछि जसपाका ७ नेता कारबाहीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १९:१७
कारबाहीमा परेकी करिमा बेगम

२६ असोज, वीरगञ्ज । जनता समाजवादी पार्टीले पर्सामा पार्टीको निर्णय विपरीत उम्मेदवारी दिएका केन्द्रीय सदस्य सहित ७ जनालाई कारबाही गरेको छ ।

केन्द्रीय सदस्य सदस्य करिमा बेगमसहित ७ जनालाई पार्टीबाट निस्कासन गरिएको जिल्ला अध्यक्ष रामनरेश यादवले जानकारी दिए ।

पार्टीबाट निस्कासनमा पर्ने अन्य नेताहरुमा प्रदेश समिति सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, प्रदेश सदस्य गौरिशंकर साह, युवा नेताहरु मुकेश कुमार द्विवेदी, रुपेशमान सिंह र प्रमोद जयसवाल छन् ।

उनीहरुले एमाले–जसपा गठबन्धनको निर्णय विपरीत पर्साका विभिन्न निर्वाचन क्षेत्रमा अर्को पार्टीबाट तथा स्वतन्त्र तर्फबाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

पार्टीको साधारण सदस्य समेत नरहने गरी उनीहरुलाई कारबाही गरिएको अध्यक्ष यादवले बताए ।

वेगमले पर्सा क्षेत्र नं २ (ख), अन्सारीले क्षेत्र नं १ (क), द्विवेदी र सिंहले पनि क्षेत्र नं २ (ख), जयसवालले क्षेत्र नं ३ (क) बाट उमेदवारी दिएका छन् । नेपाल सुशासन पार्टीमा गई शिवकुमार र गौरिशंकर साहले क्रमशः क्षेत्र नं ३ (क) र ३ (ख) बाट उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?