+
+

मावि तह, तृतीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते २०:०४

२६ असोज, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, नेपाली विषयको शिक्षक पदको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले गत असार ९ गते लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारको अन्तर्वार्ता मंगलबार र बुधबार लिएको हो । उक्त अन्तर्वार्तामा उत्तीर्ण उम्मेदवारहरुको विवरणसहितको नतिजा प्रदेशगत रुपमा सार्वजनिक गरेको छ ।

आयोगको नतिजा अनुसार तीन प्रदेश मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा नेपाली विषय शिक्षक रिक्त दरबन्दी अनुसार छनोट हुनसकेको देखिंदैन ।

मधेश प्रदेशमा ३२ रिक्त पदको लागि २३ जना, बागमती प्रदेशमा ३५ रिक्त दरबन्दीको लागि ३४ जना र गण्डकी प्रदेशमा ५५ रिक्त पदको लागि ५२ जना मात्रै छनोट भएका छन् ।

त्यस्तैगरी आयोगले शुक्लयजुर्वेद, न्याय विषयको पनि नतिजा सार्वजनिक गरेको छ । एक–एक रिक्त दरबन्दीको लागि उम्मेदवार माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?