+
+

आइफोनको लोकेसन हिस्ट्री कसरी पत्ता लगाउने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १९:०७

काठमाडौं । तपाईंले आइफोन प्रयोग गर्नुहुन्छ भने जहाँ जानुभयो आइफोनले तपाईंको यात्रा विवरण ट्रयाक गर्दछ र ती सबै जानकारीहरु संग्रहित गर्दछ । तपाईंले आफ्नो आइफोनको लोकेसन हिस्ट्री हेर्न पनि सक्नुहुन्छ ।

एप्पलको आइफोन लगायतका सबै स्मार्टफोनहरुमा जिपिएस सेन्सर हुन्छ जसले जुनसुकै बेला पनि प्रयोगकर्ताको लोकेसन ट्रयाक गर्ने, संग्रहित गर्ने र मनिटर गर्ने काम गर्दछ ।

तपाईंको आफ्नो आइफोन कुन बेला कहाँ पुगेको रहेछ भन्ने जान्न चाहनुहुन्छ  भने तपाईंले आइफोनमा गएर यी काम गर्नुहोस् :

  • आइफोनको Settings मा जानुहोस् र Privacy मा जानुहोस्
  • त्यहाँ रहेको Location Services छान्नुहोस्
  • त्यसपछि System Services मा थिच्नुहोस्
  • Significat Locations भन्ने अप्सन छान्नुहोस्
  • त्यसको पुछारमा History  ट्याब देखिन्छ ।

उक्त ट्याबभित्र देखिएका लोकेसन सूचिमा ट्याप गर्नुहोस् । त्यसपछि तपाईंले आइफोनका सबै लोकेसनहरु हेर्न सक्नुहुन्छ ।

त्यहाँ Clear History अप्सन पनि हुन्छ । जसमा थिचेर आफ्नो आइफोनमा संग्रहित सबै लोकसेन हिस्ट्री मेट्न सक्नुहुन्छ ।

आइफोनमा लोकेसन ट्रयाकिङ फिचर बन्द पनि गर्न सकिन्छ । यसका लागि :

  • Settings  मा जानुहोस्
  • Privacy  अप्सन छान्नुहोस्
  • Locations Services मा थिच्नुहोस्
  • त्यसपछि Location Services मा रहेको OFF मा थिच्नुहोस् ।
– एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?