+
+
फ्राइडे रिलिज :

‘हिजोआजका कुरा’सहित पाँच फिल्म हलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते ९:०३

काठमाडौं । शुक्रबार नेपालमा पाँच फिल्म प्रदर्शनमा आएका छन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका छन् ।

साकार पन्त निर्देशित फिल्म ‘हिजोआजका कुरा’ यसअघि नेपाल टेलिभिजनमा प्रसारण हुने गरेको सिरिजकै फिचर स्वरुप हो । सन्तोष पन्त, दिव्यदेव, ऋचा शर्मा, रीमा विश्वकर्मा र रमा थपलियाको प्रमुख भूमिका रहेको फिल्मको लम्बाइ २ घण्टा ३० मिनेट छ ।

काठमाडौंको आधुनिक परिवारको कथा फिल्मले पेस गर्छ । खासगरी अघिल्लो दशकका दर्शक जसले हिजोआजका कुरा हेरेर हुर्किए, उनीहरुलाई फिल्म रुचिकर हुनसक्छ ।

समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’ पनि आजैदेखि प्रदर्शनमा आएको छ । ‘केजीएफ २’ का निर्माताले निर्माण गरेको यो फिल्म विश्वभर प्रदर्शनमा आएको हो । रिशव सेट्टी निर्देशित फिल्ममा रिशवसहित सप्तमी गोदवा र किशोर कुमार जीको मुख्य भूमिका छ । फिल्मको लम्बाइ २ घण्टा २८ मिनेट छ ।

सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भए पनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने आजदेखि रिलिज गरेको हो । ग्याङस्टरको कथावस्तु यसमा छ ।

आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’ पनि रिलिज भएको छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ ।

‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो । एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपालमा रिलिज गरिएको यो फिल्म सीमित मल्टिप्लेक्समा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?