+
+

प्रियंका कार्कीको हरर फिल्म ‘चि मुसी चि’ पुसमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १०:४३

काठमाडौं । हरर तथा थ्रिलर जनरामा निर्माण भएको नेपाली फिल्म ‘चि मुसी चि’ आगामी पुसमा प्रदर्शन हुने भएको छ । निर्माताले शुक्रबार फिल्मको आधिकारिक लोगो सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् ।

फिल्मको अंग्रेजी नाम ‘इभन डेड डिजायर बिलङ्गिङ’ राखिएको छ । प्रस्तुतकर्ता अरुण चक्रवर्तीका अनुसार पोस्ट-प्रोडक्सनको काम सकिएको छ र फिल्म प्रदर्शनको तयारीमा छ ।

एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा र गौरव बिष्टको अभिनय छ ।

‘फिल्मले नेपालको हरर जनरामा एउटा शैली स्थापित गर्छ,’ चक्रवर्तीले भने । मार्ना जेम्स र यश सैनीको संयुक्त निर्देशन रहेको फिल्ममा दर्शकले नयाँपन महसुस गर्ने निर्माताको दाबी छ । रिञ्जु केसी र चक्रवर्तीले निर्माणमा सहकार्य गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?