+
+

‘प्रसाद २’मा नम्रता नरहने, ऋचाको सम्भावना कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १२:०६

काठमाडौं । फिल्म छायांकनअघिदेखि नै ‘प्रसाद २’लाई गसिपले पछ्याइरहेको जस्तो देखिन्छ । ‘विवाद’ले रोकिएको फिल्मको आगामी छायांकन मंसिर ७ गतेदेखि सुरु गर्ने लिखित सहमति भइसकेको छ ।

अब भने ‘प्रसाद’को दोस्रो श्रृंखलालाई लिएर नयाँ चर्चा छ । दोस्रो श्रृंखलामा दर्शकले नम्रता श्रेष्ठलाई हेर्न नपाउने भएका छन् । नम्रता फिल्ममा नरहने निकट स्रोतले जानकारी दियो ।

नम्रताको ठाउँमा अब कुन अभिनेत्रीले स्थान पाउलिन् ? ‘प्रसाद २’ निकट स्रोतका अनुसार नम्रताको ठाउँमा अब ऋचा शर्मा देखिने सम्भावना बलियो छ । निर्देशक सुदर्शन थापा र निर्माताले ऋचालाई प्रस्ताव राखिसकेका छन् भने ऋचाले पनि स्क्रिप्ट मन पराएकी छन् ।

तर ऋचाले फिल्म साइन गरिसकेको नभए पनि उनी अब नम्रताको ठाउँमा प्रसाद २ मा देखिने सम्भावना बलियो रहेको बताइन्छ । ऋचा यदि फिल्ममा जोडिएको खण्डमा विपिन कार्कीको अपोजिटमा उनी देखिनेछिन् ।

सुशील पौडेलले लेखेको फिल्मको पहिलो श्रृंखलाले बक्स अफिस र समीक्षात्मक  दुवै हिसाबमा राम्रो सफलता प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?