+
+

आईपीओ निष्कासन गर्न अपर लोहरे हाइड्रोपावरले माग्यो बोर्डसँग अनुमति

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १४:२६

२८ असोज, काठमाडौं । अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले १३ असोजमा आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई २ प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता सेयर निष्कासन गर्ने अनुमति माग गरेको हो ।

आईपीओ निष्कासनका लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीले दैलेखको माथिल्लो लोहरे खोलामा ४ मेगावाट जडित क्षमताको अपर लोहरे खोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल अनुमानित लागत ८२ करोड रुपैयाँ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?