+
+

रोल्पामा कांग्रेस माओवादी मिलनले सकारात्मक सन्देश दियो : नेता पुन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १३:३२

२९ असोज, रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले रोल्पामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको मिलनले राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै सकारात्मक सन्देश दिएको बताएका छन ।

गठबन्धन दलले रोल्पा सदरमुकाम लिवाङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आवश्यकता अनुसार अहिले सहकार्य गरिएको बताए ।

पुनले भने, ‘कुनै वेला लडाईँ प्रधान थियो, हामी दुई धु्रव जस्ता भएर लड्यौं, बीचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा ग¥यौं, अहिले सहकार्य आवश्यक भएकाले गठबन्धन गरेका छौं ।’

गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताका बीच देशका सवै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको वताउँदै उनले देशभर २ सय ठाउँमा बागी उम्मेदवारी परेकोमा अहिले बागीको संख्या १० मा झरेको बताए ।

रोल्पा प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार विरुद्ध बागी बनेका माआवादी नेता दीपेन्द्र पुन पछि हट्न सकारात्मक रहेको उनले बताए । ‘माओवादी केन्द्रले रोल्पा रुकुम हेरेर मात्र भएन देशका अन्य जिल्लामा कांग्रेसको सहयोगमा माओवादीले उम्मेदवारी दिएको पनि भुल्नु हुँदैन,’ नेता पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?