+
+

‘बेनीको बजार’मा रोमान्टिक मुकुन्द र सिजशु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते २१:४६

काठमाडौं । मोडल मुकुन्द भट्ट र सिजशु श्रेष्ठको नयाँ गीत ‘बेनी बजार’ युट्युव रिलिजको केही समयमै ट्रेन्डिङमा प्रवेश गरेको छ ।

डेकेन्द्र श्रेष्ठको शब्द, संगीत र निर्माण रहेको गीतमा सिजसुको स्वर समावेश छ । भिडियोमा मुुकुन्द र सिजशु रोमान्टिक देखिएका छन् ।

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त मुकुन्द यो गीतबाट सकारात्मक प्रतिक्रिया आइरहेको बताउँछन् । ह्यान्डसम मोडलको छवि बनाएका मुकुन्द लामो समयदेखि फिल्म प्रदर्शन क्षेत्र पनि सक्रिय छन् ।

फिल्मको लामो अनुभवले पनि आफूलाई सांगीतिक भिडियोमा काम गर्न हौसला मिलेको उनको भनाई छ । बेनीको बजार गीतमा सिजसु र मुकुन्दको केमेस्ट्रीलाई दर्शकले रुचाएका पनि छन् ।

गीतमा म्याग्दीको जिल्लाको सदरमुकाम बेनी बजार र राखु गाउँलाई शब्दमार्फत चित्रण गरिएको छ । गीतमा रुकासा कोजु, प्रसन्न डंगोल र रोशनी नेमकुलले समेत नृत्य गरेका छन् ।

रुक्सना र प्रतीकको कोरियोग्राफी रहेको गीतको छायांकन पनि प्रतीक स्वयमले गरेका हुन् । हेर्नूस गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?