+
+

राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते ११:४६

३० असोज, काठमाडौं । सत्ता गठबन्धनका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उठेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ रिट लिएर सर्वोच्च अदालत आएका छन् ।

उक्त रिटमाथि गत शुक्रबार पनि पेशी तोकिएको थियो । तर, गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?