+
+

टी-२० विश्वकप क्रिकेटमा नामिबियाले हरायो पूर्व विजेता श्रीलंकालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १३:४६

३० असोज, काठमाडौं । अष्ट्रेलियामा सुरु भएको टी-२० विश्वकप क्रिकेटको उद्घाटन खेलमा नामिबियाले श्रीलंकालाई ५५ रनले हराएको छ ।

नामिबियासँगको खेल जित्न १६४ रनको लक्ष्य पछ्याएको श्रीलंका १९ ओभरमा १०८ रनमा अल आउट भयो । २०१४ को विश्वकप जितेको श्रीलंकाली टिमका ब्याटर नामिबियाका बलर सामु पूरा २० ओभर टिक्न सकेनन् ।

श्रीलंकाका लागि कप्तान दाशुन शनाकाले सर्वाधिक २९ रन बनाए । भानुका राजपाक्षेले २० र धनञ्जय डि सिल्भाले १२ रन बनाए । महेश थिक्सना ११ रनमा नट आउट रहे । अरु ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नामिबियाका लागि डेबिट वाइज, बर्नाड स्कोल्ट्ज, बेन सिकोन्जो र जन फ्रन्लिङ्कले समान २ विकेट लिए भने जेजे स्मिथले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको अवसर पाएको नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६३ रन बनाएको थियो ।

नामिबियाका लागि जन फ्र्यालिङ्कले सर्वाधिक ४४ रन बनाए । ओपनद्वय माइकल भान लिङगेन ३ र डिभान ला कक ९ रनमा आउट भएपछि दबावमा परेको नामिबियालाई मध्यक्रमका ब्याटरले उकासेका थिए । तेस्रो क्रमका ब्याटर जन निकोलले २०, स्टेफन बार्डले २६, ग्रेडहार्डले २० तथा जेजे स्मिथले ३१ रन बनाए ।

श्रीलंकाका लागि प्रमोद मदुसन लियाना गामेजले सार्वधिक २ विकेट लिए । त्यस्तै, महेश थिक्साना, दुश्मान्ता चमेरा, चमिका करुनारत्ने र वानिन्दु सिल्भाले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?